बैतडीमा जिप दुर्घटना, चालक तेजबहादुरको मृत्यु
बैतडी | मंसिर २३, २०७९
धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।
जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

